यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्याइरहेका छन् । अरू त अरू, अहिले यो कार्यक्रम 'नेपाल-निर्देश' काठमाडौंस्थित नेपाल टेलिभिजनको १२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं । अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग ।

अजयकुमार- आरामै हुनुहुन्छ ?
प्रचण्ड- राजनैितक रूपमा आराम गरेर बसेको भए अहले जुन िवकास देख्दै हुनुहुन्छ, त्यो दस वर्षमा सम्भव नै हुँदैनथ्यो भन्ने मेरो ठम्याइ हो ।
अजयकुमार- दस वर्षअिघ नेपाली राजनैितक पार्टीका नेताहरू िवदेशी राजदूतहरूलाई भेट्न िनवेदन हाल्ने गर्दथे । तर, आज दस वर्षपिछ िविदेशी राजदूतहरूले नेपाली नेतालाई भेट्न पाऊ भनेर िनवेदन हाल्ने गरेका छन् । यो पिरवर्तनलाई कसरी हेर्नुभएको छ ?
प्रचण्ड- कुरो के हो भने त्यतिखेर हामी सबैका कमीकमजोरी िथए ।हामी सबैको िववेकमा िखया लागेको स्िथित हो । समग्र देशको भन्दा पिन व्यकित, पार्टी र गुटको िहतलाई मात्रै अगाडिल्यायौं । तर, िवस्तारै हामीमा एकता, सहकार्य र सहमितको जुन वातावरण बन्यो, त्यसले देश, जनतालाई यो अवस्थासम्म पुर्यायो भन्ने हाम्रो ठम्याइ छ ।
अजयकुमार- िहजो तपाईंसँग अमेिरकी राजदूतले भेटेछन्, के कुरा भयो तपाईंहरूबीच ?
प्रचण्ड- मने, अमेिरकामा गत सेप्टेम्बरमा जुन समुद्रीआँधी आयो, त्यसले त्यहाँको अर्थतन्त्रलाई नराम्रो धक्का लाग्न पुग्यो । नोभेम्बरमा फेिर आतंककारी हमलाका कारण अमेिरकामा भोकमरी सुरु भयो, यस्तो िवपति्तमा नेपालले पिन अमेिरकालाई सहयोग गर्नुपर्यो भन्ने कुरा राजदूतले राखे । हामीले पिन मानवीयताका आधारमा अमिरकालाई नेपाल सरकारका तर्फबाट एक करोड डलर सहयोग िदने वचनबद्धता प्रकट गिरसकेका छौं ।
अजयकुमार- हाम्रो इितहास हेर्दा, हाम्रो देश दाता राष्ट्रहरूबाट ऋण िलएर चल्ने मुलुक, केवल दस वर्षमा नै िवश्वका ठूला देशहरूलाई अनुदान िदन सक्ने बनेको छ । कस्तो लाग्छ तपाइंलाई ?
प्रचण्ड- यो केवल हाम्रो कारणले भन्दा पिन सम्पूर्ण राजनैतिक पार्टीहरू, नागिरक समाज र आमजनताको सहकार्यको प्रतिफल हो । यो देख्दा िनशिचत रूपमा खुसी नहुने कुरै छैन भन्ने हाम्रो ठम्याइ हो । अझ चीनमा आएको बाढीबाट पीिडतलाई पाँच करोड डलर अनुदान िदने नेपाल सरकारको िहजोको िनर्णयले नेपाल र नेपालीलेको महानता झल्किएको छ भन्ने मलाई लाग्छ ।

अजयकुमार- प्रधानमन्त्रीज्यू, त्यित धेरै सहयोग गर्न सक्नेगरी नेपालले स्रोतचािहँ कसरी, कहाँबाट जुटाउन सक्यो ? बताइिदनोस् न ।
प्रचण्ड- हामीले प्रष्ट भनेको छौं, हामीकहाँ भ्रष्टाचार छैन, त्यसकारण राजस्वले नै राज्यका दैिनक खर्च चल्ने गरेको छ । उता कर्णालीको िबजुली ितब्बत, चीन, मंगोिलया, उज्वेिकस्तान र रिसयामा बेचेर डरल िभत्र्याएका छौं । रोल्पा र हुम्लामा सबैभन्दा ठूलो जडीबुटी उद्योग खोलेर वारिषक ५० करोडको त औषिध िनर्यात गर्दै आएका छौं । गत वर्ष मात्रै २० लाख पर्यटक नेपाल िभत्िरएको िरपोर्ट त तपाईंले पिन हेरिसक्नुभएको छ । छुर्पी, िचया, यार्सागुम्बा, मिणमािणक्य आिदको व्यापारले पिन हामी अिहले एिसयाकै सबैभन्दा बढी आयस्रोत भएको मुलुकको रूपमा स्थािपत भएका छौं ।
अजयकुमार- सरकारले जुन मेचीदेिख महाकालीसम्म बुलेट रेल सेवा सुरु गर्यो िन, यसका बारेमा बताइिदनोस् न ?
प्रचण्ड- काँकडिभट्टादिख कैलालीसम्म केवल तीन घन्टामा पुर्याउने यो रेल सेवा पेट्रोलिबनै हाम्रै त्िरशुलीको िबजुलीले चल्नेगर्छ । संसारमा पेट्रोलको जित भाउ बढे पिन तराईका जनताको एकताको प्रतीक एकता एक्सप्रेस रेल सेवालाई कुनै फरक पर्दैन ।

अजयकुमार- एउटा आरोप छ, यो रेल सेवाले जनतालाई भन्दा ज्यादा नेपाल-भारत िसमानामा क्िरयाशील चोर, डाँका, तस्कर र कालोबजारीलाई बढी फाइदा पुगेको छ रे िन ?
प्रचण्ड- त्यो सरासर अफवाह हो िकनभने नेपाल-भारत िसमानामा दुवै देशका प्रहरीहरू यित क्िरयाशील छन् िन, गैरकानुनी रूपमा कोही पिन आवातजावत गर्न सक्दैन । त्यसमा पिन मेचीदिख कालीसम्म नै नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा १५ सय िकलोिमटरको २० फुटे सेक्युिरटी वाल िनर्माण भएको छ । त्यसमा करेन्ट जडान गिरएको छ । र, चौबीसै घन्टा स्याटलाइटले कन्ट्रोल र नेपाली सीमा सुरक्षा बलले िनरीक्षण गिररहेकाले नेपाल- भारतबीचको सम्बन्ध यित लामो समयसम्म सुमधुर रहन सकेको हो भन्ने मलाई लाग्छ ।
अजयकुमार- गत साता एउटा सनसनीपूर्ण समाचार आयो, एकजना मािनसले तपाइंलाई कालो झन्डा देखायो रे, हो ?
प्रचण्ड- हामी पिन अचम्िमत भएका छौं िक यो दस वर्षबीचमा िहंसाको एउटा सानो रूप पिन देशमा दिखएन । तर, यो कालो झन्डा देखाउने घटनाले हामी िचन्ितत भएका छौं । कतै हामीले जनताको आशा र अपेक्षामािथ कुठाराघात गरेकाले पो यो डरलाग्दो घटना भयो िक भन्ने लागेको िथयो ।

प्रचण्ड- आफ्नो अर्बौंको सम्पतित राज्यलाई दान िदने उनको इच्छा रहेछ । तर, राज्यको यो िनयम छ िक जनताको सम्पतित राज्यले कुनै पिन सर्तमा िलनुहुन्न भनेपिछ उनले राज्यलाई सहयोग गर्न पाउनुपर्छ भन्ने मागका साथ कालो झन्डा देखाएका रहेछन् ।
अजयकुमार- अचम्मको पिरवर्तन हिग ? उिहले जनता कर ितर्न भनेपिछ मरेजस्तो हुन्थे, आज राज्यलाई आफ्नो सम्पतित दान िदने हैिसयतमा पुगे । कस्तो लाग्छ, केवल दस वर्षमा नै यस्तो संस्कारको िवकास भएको छ ?
प्रचण्ड- मने, एक्काईसौं शताब्दीको लोकतान्तिरक संस्कित भनेकै यही हो जस्तो लाग्छ ।
अजयकुमार- तपाईं दस वर्षअगािड एउटा शब्द खुब प्रयोग गर्नुहुन्थ्यो, चमत्कार । आिखर चमत्कार गरेरै देखाइिदनुभयो । समुद्र नै नभएको देश नेपालमा पानी जहाज पिन ल्याइिदनुभयो, कसरी ?
प्रचण्ड- बंगलादेशको फूलबारी नाकाबाट हामीले भारतसँग कुरा राख्यौं िक सप्तकोसीसम्म जोड्ने ठूलो नहर बनाउनुपर्यो भनेर । त्यसपिछ पश्चिम बंगाल, िबहार हुँदै पानीजहाज चल्न सक्ने नहर सप्तकोसीसम्म जोड्यौं । सप्तकोसीबाट उत्तरितर पानीजहाज धनकुटाको मूल घाटसम्म लगेर नेपाल र नेपालीले चमत्कार गरेकोमा अहले सारा िवश्व पिन अचम्िमत भएको छ ।
अजयकुमार- नेपाल सरकारले अमेिरकन र युरोपियनलाई िभसा बन्द गर्यो भन्ने समाचार आएको छ िन ?
प्रचण्ड- बन्द भन्दा पिन व्यवसिथत बनाउन खोजेको हो । यसअिघ नै दुई लाखजित अमेिरकीहरू नेपालमा लुकीिछपी काम गर्दै गरेका िथए । टुिरस्ट िभसामा आएर यतै लुकीिछपी काम गर्ने युरोिपयनको संख्या पिन लाखौं रहेको िस्िथित छ । त्यसैले हामी केही कडाइ मात्र गरेको हौं ।

अजयकुमार- त्यसको मतलब िवदेशीलाई नेपालमा कामदार िभसा अब सदाका लािग बन्द गरेको हो त ?
प्रचण्ड- हैन, िहजै मात्र डोमेसिटक हेल्परको रूपमा नेपाल आउने पाँच हजार अरेिबयन मिहलाका िभसा हामीले इस्यु गिरसकेका छौं । जुम्लाको अन्तर्राष्ट्िरय िमनेरल उद्योगका लािगदस हजार जर्मन मजदुरहरू यसै साता नेपाल आउँदै छन्। मुस्ताङमा िनर्माणाधीन नेपाली िडिजिनेल्यान्डमा काम गर्ने ५० हजार िनर्माण मजदुर आगामी फेब्रुअरीसम्ममा नेपाल िभित्िरइसक्नेछन् ।
अजयकुमार- प्रकृतिप्रेमीहरूको आरोप छ िक सरकार काठमाडौंमा बनाएका ८०,१००,१५० तले भवनहरूले काठमाडौंका डाँडाकाँडालाई छेके । यसले प्रकृतिमािथ अन्याय भयो रे, सरकारले के सोचेको छ यस विषयमा ?
प्रचण्ड- मने, िवकासलाई त कसैले चाहेर पिनछेक्न सक्दैन । योभन्दा बढी भवनहरू काठमाडौंमा नबनून् भन्ने जनताको मागलाई ध्यानमा राखेरै हामी नेपालको शीतकालीन राजधानी िवराटनगर, गृष्मकालीन राजधानी हुम्ला, शरदकालीन कैलाली र िशिशरकालीन राजधानी ताप्लेजुङलाई बनाएका हौं ।

अजयकुमार- भनेर भन्ने र अन्तर्वार्ता लिने र िदने िदन किहले आउला ????